माघ ११ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १२ हजार आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ जनामा गरिएको परिक्षणमा १२००८ जना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा संक्रिय संक्रमिताको संख्या ८८ हजार ९ सय ३४ जना पु्गेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३०४० जना संक्रमण मुक्त भएका छन् । यता आज थप ८ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको कुल संख्या ११ हजार ६ सय ६७ जना पुगेको छ ।

