आइतबार, कार्तिक १६ गते २०८३
images
images

एकाएक लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान,साउन २७ मा तोकियो मिती  

एक्सप्रेस पाना
श्रावण २१, २०७८ बिहीबार
  • 322
    SHARES
  • एकाएक लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान,साउन २७ मा तोकियो मिती  

    काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन्। 

    images

    प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको उल्लेख गरिएको छ।

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक विशेष अधिवेशन बोलाइएको हो।

    images

    साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।