आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : थप ८ हजार १७ जनामा संक्रमण , १५ को मृत्यु

एक्सप्रेस पाना
माघ १३, २०७८ बिहीबार
  • 490
    SHARES
  • कोरोना अपडेट : थप ८ हजार १७ जनामा संक्रमण , १५ को मृत्यु

    माघ १३ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनकारी अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

    images

    मन्त्रालयका अनुसार १५ हजार ७३६  जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । 

    images

    No photo description available.