आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : थप तीन हजार ५४० जनामा संक्रमण

एक्सप्रेस पाना
माघ १६, २०७८ आइतबार
  • 279
    SHARES
  • कोरोना अपडेट : थप तीन हजार ५४० जनामा संक्रमण

    माघ १६ काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्रले जानकारी दिइन् । 

    images

    उनका अनुसार नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना छ । पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको उनले जानकारी दिइन् । 

    images

    पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ । १३ माघदेखि १६ माघसम्मको चारको मृत्युको संख्या थप ३२ जना प्राप्त भएको मन्त्रालयकी प्रवक्ता मिश्रले जानकारी दिइन् ।