आइतबार, कार्तिक १६ गते २०८३
images
images

कार्यकाल नपुग्दै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षको राजीनामा,यस्तो छ कारण 

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 359
    SHARES
  • कार्यकाल नपुग्दै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षको राजीनामा,यस्तो छ कारण 

    काठमाडौँ । कार्यकाल नपुग्दै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन्। केपी शर्मा ओलीको पालामा चार वर्षका लागि नेपाल टेलिभिजनमा नियुक्त भएका विष्टले विहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विराजीनामा दिएका हुन्।

    images

    विष्टले आफूले ३८ महिना अघि पाएको जिम्मेवारीबाट बिदा लिएको जानकारी गराएका छन्। राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको विष्टको भनाइ छ। सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको जानकारी दिँदै उनले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, विभागीय मन्त्री गोकुल बास्कोटा एवं यो जिम्मेवारीमा रहुञ्जेल आफूलाई ऊर्जा प्रदान गर्नुहुने सबैमा आभार व्यक्त गरेका छन् । 

    उनले कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने लगायतका कार्यहरू भएको बताएका छन् । 

    images