काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठक जारी छ। काठमाडौंको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा आज केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ।
पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको हो। केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि केही समयका लागि बैठक स्थगित गरिएको छ। केन्द्रीय समिति बैठक स्थगित गरेर माधव समूहको स्थायी समिति बैठक सुरु हुने भएको छ।
स्थायी समिति बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको कस्तो जवाफ दिने भन्ने छलफल हुनेछ। छलफलपछि नेता माधव कुमार नेपालले एकमुष्ट जवाफ दिने तयारी गरेका छन्। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने भनाई राखेका थिए।
.jpg)


