आइतबार, भाद्र २८ गते २०८३
images

देशभर ५,५८३ कोरोना संक्रमित थपिँदा थप ९ जनाको मृत्‍यु

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 220
    SHARES
  • देशभर ५,५८३ कोरोना संक्रमित थपिँदा थप ९ जनाको मृत्‍यु

    माघ १८ काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयमा थप ९ जनाले ज्यान गुमाएका छन् ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कूल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको मन्त्रालयले जनाएको छ ।

    images

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ । हालसम्म ८ लाख ७१ हजार १६५ जनाले संक्रमण जितेका छन् ।