आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु 

एक्सप्रेस पाना
माघ १९, २०७८ बुधबार
  • 299
    SHARES
  • नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु 

    माघ १९ काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार ५८२ नमुना परीक्षण गर्दा  तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगिता कौशल मिश्रले जानकारी दिइन् । 

    images

    उनका अनुसार ६ हजार ४९९ पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा र पाँच हजार ८३ एन्टिजेन परीक्षण गर्दा एक हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ जना रहेको छ । पछिल्लो २४ घण्टामा सात हजार ५५५ जनामा कोरोना संक्रमणमुक्त हुँदा १२ जना संक्रमितको मृत्यु भएको छ । 

    images

    यसैगरी पछिल्लो २४ घण्टामा आठ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका प्रवक्ता डा मिश्रले जानकारी दिइन् ।