आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा करिब पाँच लाख जनाले लगाए बुस्टर डोज

एक्सप्रेस पाना
माघ १९, २०७८ बुधबार
  • 238
    SHARES
  • नेपालमा करिब पाँच लाख जनाले लगाए बुस्टर डोज

    माघ  १९ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करिब पाँच लाख जनाले कोरोनाभाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएको जानकारी दिएको छ ।

    images

    कोरोनाविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज लगाइदिइरहेको छ । हालसम्म चार लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज लगाएको मन्त्रालयकी प्रवक्ता डा.संगिता कौशल मिश्रले जानकारी दिइन् । 

    उनका अनुसार हालसम्म एक करोड ७१ लाख ४४ हजार ८६७ जनाले पहिलो डोज र एक करोड ४८ लाख २८ हजार ९५३ जनाले दुवै डोज अर्थात पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

    images

    नेपालमा चार करोड ५७ लाख आठ हजार ६४० डोज खोप ल्याइएको उनले बताइन् ।