आइतबार, कार्तिक १६ गते २०८३
images
images

 नेपाल समूहको स्थायी समिति बैठक सकियो, के भयो छलफल ? 

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 315
    SHARES
  •  नेपाल समूहको स्थायी समिति बैठक सकियो, के भयो छलफल ? 

    काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहको स्थायी समिति बैठक सकिएको छ। शुक्रबार काठमाडौंको बुद्धनगरमा बसेको बैठक सकिएको हो। बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो।

    images

    बैठकमा फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल भएको थियो।

    स्थायी समिति बैठक सकिनुअघि सो समूहको केन्द्रीय समिति बैठक बसेको थियो। बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ।

    images

    केन्द्रीय कमिटी सदस्यहरूले मिश्रित धारणा राखेका छन्। कसैले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा सहभागी हुनुपर्ने बताए भने कसैले पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने धारणा राखेका थिए।