आइतबार, भाद्र २८ गते २०८३
images

बेसीशहरमा हरेक सोमबार र बिहीबार कोभिडविरुद्धको खोप

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 544
    SHARES
  • बेसीशहरमा हरेक सोमबार र बिहीबार कोभिडविरुद्धको खोप

    माघ २० लमजुङ । बेसीशहर नगरपालिकाले साताको दुई दिन कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ ।besi-sahar nagarpalika.jpg

    images

    १२ वर्ष माथिकाले हरेक सोमबार र बिहीबार जिल्ला अस्पतालमा खोप लगाउन पाउनेछन् । अभियान २४ माघबाट सुरु हुनेछ । 

    पहिलो तथा दोस्रो मात्रा र बुस्टर डोज लगाउन छुटेकाहरुले खोप लगाउन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताए ।  पहिलो मात्र खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । 

    images

    दोस्रो मात्र खोप लगाउनेले भने पहिलो खोप कार्ड ल्याउनुपर्छ । बुस्टर डोजका हकमा दुबै मात्र खोप लगाएको खोप कार्ड अनिवार्य गरिएको छ । बुस्टर डोज लिन दोस्रो खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्नेछ ।