आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थप  २५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

एक्सप्रेस पाना
माघ २१, २०७८ शुक्रबार
  • 379
    SHARES
  • नेपालमा थप  २५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

    माघ  २१ काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    ६ हजार ६५५ पीसीआर परीक्षण गर्दा एक हजार ६०२ जनामा र चार हजार ४१८ एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ । 

    images

    यसैगरी पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जनामा कोरोना संक्रमणमुक्त हुँदा १६ जना संक्रमितको मृत्यु भएको छ ।