आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा थपिए १३८६ कोरोना संक्रमित, ११ को मृत्यु

एक्सप्रेस पाना
माघ २३, २०७८ आइतबार
  • 420
    SHARES
  • पछिल्लो २४ घण्टामा थपिए १३८६ कोरोना संक्रमित, ११ को मृत्यु

    माघ २३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ८६ संक्रमित थपिएका हुन् ।

    images

    पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ४ जना निको भएका छन् । र, सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका सँगै देशभर ४५ हजार २ सय ४८ सक्रिय संक्रमित रहेका छन्