आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौं महानगरका विद्यार्थीलाई आजदेखि फाइजरकाे दोस्रो डाेज

एक्सप्रेस पाना
माघ २४, २०७८ सोमबार
  • 221
    SHARES
  • काठमाडौं महानगरका विद्यार्थीलाई आजदेखि फाइजरकाे दोस्रो डाेज

    माघ २४ काठमाडौं । काठमाडाैं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले काेभिड-१९ विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज आजदेखि लगाउन पाउने भएका छन् । 

    images

    पहिलाे डाेज लगाएकाे तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डाेज लगाउन पाउने भएका हुन् ।

    महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ । शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।

    images