माघ २४ काठमाडौ । मुलुकभर पछिल्लो २४ घण्टामा थप १५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६५ जनामा कोरोना परीक्षण गर्दो १५७० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोहि अवधिमा थप ६ हजार १४६ जना कोरोना संक्रमण मुक्त हुँदा १३ जनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट संक्रिय संक्रमितको संख्या ४० हजार १११ जान पुगेको छ । त्यस्तै नेपालमा हालसम्म कोरोना बाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८२७ जना पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



