आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : आज थप एक हजार नौ सय ५७ जनामा संक्रमण पुष्टि

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 315
    SHARES
  • कोरोना अपडेट : आज थप एक हजार नौ सय ५७ जनामा संक्रमण पुष्टि

    माघ २५ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

    images

    स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७  जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार एक सय ८४  जना र  चार हजार एक सय पाँचजनामा एन्टिजेन परीक्षण गर्दा सात सय ७३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार एक सय ८१ रहेको छ ।

    images

    पछिल्लो २४ घन्टामा पाँच हजार एक सय तीनजना डिस्चार्ज भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ ।