आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना अपडेट : आज थप १३६९ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 265
    SHARES
  • कोरोना अपडेट : आज  थप १३६९ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु

    माघ २७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८८० जनामा परिक्षण गर्दै १३६९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको छ । 

    images

    यता पछिल्लो २४ घण्टामा २२३८ थप संक्रमण मुक्त भएका छन् । स्वाथ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुनेको ९३०६०७ संख्या पुगेको छ । यस्तै आज थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ८६४ पुगेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा थप २ लाख २० हजार ६०१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    images

    No photo description available.