माघ २८ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९८९ जनामा परिक्षण गर्दौ ११२८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ पुगेको छ ।
यता पछिल्लो २४ घण्टामा २२१५ थप संक्रमण मुक्त भएका छन् । स्वाथ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुनेको ९३२८२२ संख्या पुगेको छ । यस्तै आज थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ८७८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ लाख ४५ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


