आइतबार, कार्तिक १६ गते २०८३
images
images

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कुन-कुन परे प्राथमिकतामा ? 

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 395
    SHARES
  • सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कुन-कुन परे प्राथमिकतामा ? 

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा देउवाले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

    images

    कार्यक्रममा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन्। नीति तथा कार्यक्रम सत्तारुढ कार्यदलका संयोजक पूर्णबहादुर खड्काले वाचन गरिरहेका छन्। मुख्य प्राथमिकता कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्ने रहेको खड्काले बताए।

    आगामी असोजसम्म एकतिहाइ नागरिकलाई निशुल्कको व्यवस्थाग गर्ने र चैत्र मसान्तसम्म खोप लगाउन योग्य नागरिकलाई निशुल्क खोपको व्यवस्था गर्ने। यस्तै साझा न्यूनतम कार्यक्रममा ‘कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेहरूमाथि कारबाही गर्ने कार्यक्रममा उल्लेख छ।

    images

    यसअघि २२ साउनमा सत्तारुढ गठबन्धनको कार्यदलले सरकारका साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री देउवा र शीर्षनेताहरुलाई बुझाएको थियो। पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा ९माओवादी केन्द्र०बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो।

    गठबन्धनको कार्यदलले बिहीबार सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको थियो। साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ। शीर्ष नेतृत्वले पारित गरेको साझा कार्यक्रमका आधारमा सरकार सञ्चालन गरिने गठबन्धनले जनाएको छ।