काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन सार्ने तयारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। महाधिवेशन समयमा नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु–याइएको पौडेलको आरोप छ।
पार्टी वर्तमान नेतृत्वले चरम लापरबाही गरेको भन्दै उनले समाजिक सञ्जाल फेसबुकमार्फत् लेखेका छन्–सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्।
पौडेलले भने, ‛पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर छ महिना बढाइयो। आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु–याइएको छ। यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरू के हुन्छ रु यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्।

.jpg)


