आइतबार, भाद्र २८ गते २०८३
images

बेलायत सरकारले दियो नेपाललाई २१ लाख डोज कोरोनाविरुद्धको खोप

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 388
    SHARES
  • बेलायत सरकारले दियो नेपाललाई २१ लाख डोज कोरोनाविरुद्धको खोप

    फागुन ५ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् ।

    images

    मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

    भेटघाट कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो । भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो अन्तर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

    images