आइतबार, कार्तिक १६ गते २०८३
images
images

महाधिवेशन चटारो : पौडेल निकट जिल्ला सभापतिको भेला जारी 

एक्सप्रेस पाना
श्रावण २५, २०७८ सोमबार
  • 344
    SHARES
  • महाधिवेशन चटारो : पौडेल निकट जिल्ला सभापतिको भेला जारी 

    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौँ  जारी छ। पार्टीको महाधिवेशन र मन्त्रिपरिषद् विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्षइतर जिल्ला सभापतिहरुको भेला सुरु भएको हो।

    images

    सोमबार काठमाडौंको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिक रुपमा र ११ जना भर्चुअल गरी ४७ जना जिल्ला सभापतिहरु सहभागी रहेका नेपाली कांग्रेस जिल्ला कार्य समितिका काठमाडौँका सभापति सबुज बानियाँले जानकारी दिए। दुई दिनसम्म चल्ने भेलाले लिएको निष्कर्ष पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूलाई बुझाउने तयारी गरिएको छ।

    कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति सर्ने अवस्था भएपछि समयमै महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै सभापति देउवाविरुद्ध वरिष्ठ नेता पौडेल पक्ष आक्रोशित भएको छ। त्यसैगरी सरकारलाई पूर्णता दिने विषयमा पनि प्रधानमन्त्री देउवाले आवश्यक छलफल नगरेको पौडेल पक्षको आरोप छ।

    images