आइतबार, भाद्र २८ गते २०८३
images

मुलुकभर थपिए ४३७ कोरोना संक्रमित

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 352
    SHARES
  • मुलुकभर थपिए ४३७ कोरोना संक्रमित

    फागुन ६ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४३७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ हजार ९१ जनाको कोरोना परीक्षण गरिएकोमा ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    ५ हजार १३३ जनाको पिसिआर गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    सोही अवधिमा देशभर २ हजार ४५४ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । हाल देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।

    images