आइतबार, कार्तिक १६ गते २०८३
images
images

जसपाको अध्यक्षबाट ठाकुरको नाम खारेज, अटाएनन् १६ जना कार्यकारिणी समितिमा 

एक्सप्रेस पाना
श्रावण २५, २०७८ सोमबार
  • 347
    SHARES
  • जसपाको अध्यक्षबाट ठाकुरको नाम खारेज, अटाएनन् १६ जना कार्यकारिणी समितिमा 

    काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपा पार्टीको अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाएको छ। आयोगले जसपा पार्टी आधिकारिकताको विवादमा उपेन्द्र यादवको पक्षमा उभिएका ३५ जना केन्द्रीय कार्यकारिणी समितिलाई आधिकारिक रूपमा अभिलेखीकरण गरेको छ।

    images

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार यादवको पक्षमा उभिएका ३५ जनालाई अभिलेखीकरण गरिएको हो। अभिलेखसँगै जसपाको केन्द्रीय कार्यकारिणी समिति ३५ जना भएका छन् भने वैधानिक अध्यक्ष उपेन्द्र यादव भएका छन्।

    ठाकुरसहित जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताहरू अब साधारण सदस्य मात्रै भएका छन्। राजनीतिक दलसम्बन्धी ऐनको दफा ११ अनुसार जसपा केन्द्रीय कार्यकारिणी समिति अद्यावधिक गरिएको आयोगले जनाएको छ।

    images

    केन्द्रीय कार्यकारिणी समिति हेरफेर भएको हो। यसअघि ५१ सदस्यीय कार्यकारिणी समितिलाई ३५ सदस्यीय बनाइएको छ,’ श्रेष्ठले भने, ‘अब १६ जना कार्यकारिणी समितिमा रहनु भएन।’

    यसअघि जसपाको आधिकारिकता विवादमा आयोगले गरेको हेडकाउन्टमा ठाकुर पक्षमा मत दिएका १६ जनाबाहेक केन्द्रीय कार्यकारिणी सदस्यबाहेकको नाम कार्यकारिणी समितिमा अभिलेखीकरण भएको छ।