आइतबार, कार्तिक १६ गते २०८३
images
images

मन्त्रालय र निकायसहित १० सचिवको सरुवा, को कहाँ परे ?

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 477
    SHARES
  • मन्त्रालय र निकायसहित १० सचिवको सरुवा, को कहाँ परे ?

    काठमाडौँ । सरकारले विभिन्न महत्त्वपूर्ण मन्त्रालय र निकायका १० सचिवको सरुवा गरेको छ। शेरबहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले दोस्रो पटक सचिवको सरुवा गरेको हो।

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, सञ्चार सूचना प्रविधि, रक्षा मन्त्रालयलगायत विभिन्न १० निकायका सचिवको सरुवा गरेको हो। जसका अनुसार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

    गृहका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। यसै गरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा। वैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका वेगेन्द्रराज शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा लगिएको छ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव किरणराज शर्मालाई बाग्मती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयकै अतिरिक्त समूहमा रहेका रामप्रसाद घिमिरेलाई प्रदेश १ को प्रमुख सचिवमा र कृष्णहरि पुष्कर लाही प्रदेश २ को प्रमुख सचिवमा सरुवा गरिएको छ।

    यस्तै प्रदेश १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा र प्रदेश २ का प्रमुख सचिव गोकर्णमणि दवाडीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कार्यालयमा अनुसार प्रदेशमा रहेका अन्य केही सचिवलाई पनि केन्द्रमा ल्याउने तयारी भइरहेको छ।

    गृहमा आउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, पर्यटन सचिव यादवप्रसाद कोइराला, उपराष्ट्रपति कार्यालयका सचिव रामकृष्ण सुवेदीलगायत प्रयासरत थिए।

    यसै गरी कृष्णहरि पुष्कर, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी, केबलप्रसाद भण्डारी पनि गृह सचिवको दौडमा रहेका थिए। तर, पाण्डेले बाजी मारेका छन्। गृह सचिवमा नियुक्त भएका पाण्डेले इमानदारिता र मिहिनेतका साथ परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।