सोमबार, भाद्र २९ गते २०८३
images

कांग्रेसलाई महाधिवेशनको चटारो

एक्सप्रेस पाना
आषाढ २३, २०७८ बुधबार
  • 324
    SHARES
  • कांग्रेसलाई महाधिवेशनको चटारो

    १४औं महाधिवेशनमा हेलिएको कांग्रेस। भदौ १७–१९ महाधिवेशन नगरे कानूनले तोकेको पचास हजार जरिवानाको भागीदार बन्नै पर्ने बाध्यताका कारण पनि कांग्रेसलाई महाधिवेशनको चटारो लागेको हो
    तर महाधिवेशन भन्दा पनि सत्तारुढ एमालेले अख्तियार गरेको ‘नियन्त्रित गणतन्त्र’का पक्षमै आफूलाई उभ्याएर कांग्रस स्वयम् सत्ताको लाचार छायाँ बन्छ कि भन्ने त्रास पनि कायमै छ । तर त्यसअघि नै न्यायालयमा विचाराधीन मुद्दाको फैसलापश्चात् ‘संसद विघटन वा पुनस्र्थापना’ जे भए पनि वर्तमान सरकारका विकल्पमा बाँकी दललाई डोर्‍याएर सरकार निर्माणमा कांग्रेस सफल बन्न सक्ने विकल्प पनि छ । यही विषयको सेरोफेरोमा नेपालको राजनीति निश्चित अवधि घुम्ने निश्चित देखिन्छ 
    आफ्ना आलोचकका कुरा सुन्नै नचाहने देउवाका लागि उनकै अभिव्यक्तिका कारण पनि नेपाल र नेपाली कांग्रेसको राजनीतिमा प्रभावशाली मानिएको छिमेकी मुलुक भारतसमेत चिढिन पुग्दा १३औं महाधिवेशनमा विश्वासयोग्य बनेको सम्बन्ध १४औं महाधिवेशनसम्म आइपुग्दा लगभग टुटिसकेको देखिन्छ ।

    images

    छिमेकी मुलुक भारतसँगको सम्बन्धका ‘सेतु’ मानिएका उपसभापति विमलेन्द्र निधि र बौद्धिक नेता प्रदिप गिरी दुवै आजका मितिमा देउवासँग नरहनुले पनि देउवाको पार्टी सभापति बनिछाड्ने अभियान त्यति सहज देखिंदैन ।

    १३औं महाधिवेशनमा रामचन्द्र पौडेल पक्षबाट महामन्त्रीको प्रत्यासी भएको भए तापनि महामन्त्री शशांक कोइरालाले देउवालाई नै साथ दिंदै आएका थिए । सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौलाले दोस्रो चरणमा देउवालाई सभापति निर्वाचित हुनका निम्ति साथ दिएका थिए ।

    images

    प्रभावशाली अर्का नेता अर्जुननरसिंह केसी देउवा समूहबाट महामन्त्री लडेर देउवालाई साथ दिएकै हुन् । लोकप्रिय मत हासिल गर्न सफल शेखर कोइरालाले सबैभन्दा ज्यादा मत प्राप्त गरेर पनि पदाधिकारीमा मनोनीत नहुँदा समेत देउवालाई अनावश्यक आलोचना गरेनन् ।

    देउवा भेट्न ओलाङचुङगोलादेखि कर्णालीसम्मबाट बूढानीलकण्ठ दरबार पुग्नेहरूका लागि भेटघाट गरेर ‘ढाडस’ दिने दिलचस्पी देउवाले कहिल्यै देखाएनन् । अचम्म त यो छ, जतिबेला सभापतिमा आफैं लड्ने घोषणा आफू निकटका निधि र गोपालमान श्रेष्ठले गरे, तब मात्र मेचीदेखि महाकालीसम्मका कार्यकर्ता त्यो पनि आफूलाई मद्दत माग्नका निम्ति भेटघाट शुरू गरे ।

    निधि र श्रेष्ठ आफ्नो समूहबाट बाहिरिए पनि विजयकुमार गच्छदार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस भित्रिएका सुनिलबहादुर थापातिर देउवाको नजर देखिन्छ । तर यी दुवै नेता देउवाकै भर मात्र पर्ने स्थिति किन पनि छैन भन्दा गच्छदार स्वयम् माथि ‘केस’ पर्दा देउवाबाट भरपर्दो साथ उनले पाउन सकेनन् ।

    उता राजनीतिका चतुर खेलाडी दिवंगत नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा पनि कांग्रेसभित्रको समीकरण र कांग्रेसलाई हेर्ने अन्तर्राष्ट्रिय नजरबाट बेखबर पक्कै छैनन् ।

     


    युवाको भावनाको प्रतिनिधित्व भन्दै आफ्नो उम्मेदवारीको कल्याण गुरुङले पनि सभापतिमा नै दाबी प्रस्तुत गरेका छन् । घटनाक्रमले कोही कसैलाई अन्य ‘पोजिसन’मा सेट गरायो भनेभन्दा बाहेक सभापतिका प्रत्यासीमा देउवा, निधि, सिटौला, कोइरालाद्वय, सिंह र गुरुङ चुनावी मैदानमा उत्रने छन् । दोस्रो चरणमा प्रवेश गरेलगत्तै भने सभापति बन्नबाट देउवालाई रोक्ने तयारी दुवै क्याम्पको देखिन्छ ।

    सभापति पछिको दोस्रो महत्वपूर्ण मानिएको दुई महामन्त्री पदका आकांक्षी पनि करीब एक दर्जन देखिन्छन् । महामन्त्रीका आकांक्षीहरूमा प्रकाशशरण महत, मिनेन्द्र रिजाल, गगनकुमार थापा, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, एनपी साउद, उमाकान्त चौधरी, धनराज गुरुङ, गुरु घिमिरे लगायत छन् ।


    सभापतिका प्रत्यासीहरूको आलोचना गर्ने ठाउँ पर्याप्त छन्, सिंगो पार्टीको सभापति हुँदासमेत देउवा गुटबाट माथि उठ्नै सकेनन् भने सिंगो पार्टीलाई सत्ताको छायाँ बनाइदिए ।

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै वडा तहदेखि केन्द्रसम्म बाक्लो सरगर्मी बढ्न थालेको छ। १३ औँ महाधिवेशन पश्चात यतिबेला कांग्रेसमा तीन समूह सक्रिय छन्।
    तीनै समूहबाट गरी आधा दर्जन भन्दा धेरै नेता आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी देखिएका छन्। एउटै समूहबाट धेरैले सभापति पदको आकांक्षी भएपछि सम्भावित साझा उमेद्वार तय गर्न सकस 

    ‘नेतृत्व र पुस्तान्तरण अबको कांग्रेसमा आवश्यक्ता भएपनि नेतृत्व मागेर पाइँदैन निर्वाचनमा जसले जित्छ उही आउने हो