आइतबार, कार्तिक १६ गते २०८३
images
images

खिमलाल भट्टराईको आरोप, माओवादीको बैशाखी कांग्रेसले टेक्न खोज्दैछ 

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 362
    SHARES
  • खिमलाल भट्टराईको आरोप, माओवादीको बैशाखी कांग्रेसले टेक्न खोज्दैछ 

    काठमाडौँ ।  नेकपा एमालेका सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी ओली राजनेता ठहरिएको दाबी गरेका छन्। मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेता भट्टराईले ओली राजनेता भएको भन्दै ओली पुनःफर्किएर आउने दावी गरे।

    images

    भट्टराईले भने, ‘केपी ओली सिंहदरवार, बालुवाटार छोडेर बालकोट जानुभएको छ। तर, सदनमा आउँदा उहाँकै चर्चा सुनिन्छ। सरकार बनिराखेको छैन। यसको पछाडि पनि केपी ओलीकै फोबिया छ कि जस्तो लाग्छ। सडकमा पनि आश लागेको नेतालाई गुटबन्दीबाट हटाउने काम भयो भन्ने छ, राजनेता भनेको के होला  भन्ने लाग्थ्यो। राजनेता भएपछि राजनीति उसकै वरीपरी घुम्दोरहेछ। सडक, सदन र सरकार सबै उसको गाइडेन्समा हिंड्नुपर्ने हुँदोरहेछ।’

    साथै सांसद भट्टराईले सत्तारुढ नेपाली कांग्रेसलाई कुहिराको काग भएको टिप्पणी गरे। ‘कांग्रेस असाध्यै दयनीय स्थितिमा छ। सरकारमा छँदा बलियो भएको हो कि भन्ने लाग्न सक्छ। विचारधाराको हिसावले कांग्रेस मृत्युप्राय भइसकेको छ। बिपी सँगसँगै उसको नीति सकिएको छ’ भट्टराईले भने।

    images

    लिपुलेक, कालापानी हाम्रो हो भन्न नसकेको समस्या ठानिएको उल्लेख गर्दै उनले भने, ‘यो सरकारले त्यो विषयमा केही गर्न सक्दैन। मान्छे दिनदहाडै मारिन्छ कांग्रेस बोल्न सक्दैन।’

    एमाले नेता भट्टराईले थपे, ‘कांग्रेस कुहिरोकोे काग भएको छ। माओवादी बैशाखीको खोजीमा छ। माओवादीका साथीहरुले समीक्षा गरे हुन्छ, कहिले एमालेको पछि लागेर कहिले कांग्रेसको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्नुपरेको छ।’