काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले आफू फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले अदालतको परामादेशबाट नभई जनादेशबाट फेरि प्रधानमन्त्री बन्ने बताएका हुन् । भेन्टिलेसनबाट नभई मूलगेट र मूल बाटोबाटै प्रधानमन्त्री बन्ने दाबी उनले गरे ।
‘म प्रधानमन्त्री हुन जन्मिएको होइन । देश र जनताको लागि काम गर्न जन्मिएको हुँ । ६२ वर्षसम्म त म प्रधानमन्त्री बनेको होइन । तर गठबन्धनबाट होइन जनमतबाट पहिलोपटक प्रधानमन्त्री बनेको हुँ । फेरि जनमतबाट प्रधानमन्त्री बनेुं उनले भने,फेरि पनि भेन्टिलेसनबाट होइन मूल गेट र मूलबाटोबाट निर्वाचनको मार्फत फेरि पनि प्रवेश गर्छु । प्रधानमन्त्री बन्छु । सबैले सुने हुन्छ ।’
महत्वकांक्षा, कुण्ठा, जलन गठजोड, परमादेशबाट होइन जनादेशबाट फेरि प्रधानमन्त्री बन्ने दाबी उनले गरेका हुन् ।
.jpg)


