काठमाडौँ । काठमाडौँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ।
बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो।
तर, अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने बताए। निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ।वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय बुधबाररातिबाट सकिंदैछ।



.jpg)


