आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओलीको आपत्ति-कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा किन ल्याउने ?

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 389
    SHARES
  • ओलीको आपत्ति-कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा किन ल्याउने ?

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएकोप्रति पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।

    images

    मंगलबार अध्यक्ष ओलीले संसदमा बोल्दै विद्युत प्राधिकरणमा जो व्यक्ति जुन संस्थामा लामो समय काम गर्दै बढुवा हुँदै आएको व्यक्तिलाई दबाबमा हटाएर आफ्नो मान्छे नियुक्त गर्नु खोज्नु गलत हुने बताएका हुन्।

    उनले भने,‘कार्यरत संस्थामा नै लामो समय काम गरेर बढुवा हुँदै कार्यकारी ठाँउमा पुगेकालाई दबाब दिएर संस्थाबाट हटाउन खोजिँदै छ। यो राम्रो होइन।’

    images

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त हुने निश्चित भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले प्राधिकरणमा घिसिङ नियुक्तिको प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेश गरेकी थिइन तर प्रस्ताव पारित भएको छैन। सोमबार प्रस्ताव पारित नभए पनि अब बस्ने मन्त्रिपरिषद्ले घिसिङलाई नियुक्ति गर्ने तयारीमा सरकार रहेको मन्त्रालय स्रोतले जनाएको छ।