२१ फागुन पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० जनाको कोरोना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६२ रहेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६९४७ रहेको छ ।


