काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्नियुक्त भएका कुलमान घिसिङले आज नै पदबहाली गर्ने भएको छन्। बुधबार प्रधानमन्त्री कार्यालयबाट नियुक्त पत्र लिएपश्चात पदबहाली गर्न लागेको स्रोतले बतायो ।
यस अघि सो पदमा हितेन्द्रदेव शाक्य कार्यरत थिए। उनलाई सरकारले जल तथा ऊर्जा आयोगमा पठाई कुलमानलाई सो पदमा नियुक्त गरेको हो।
२०७७ साल भदौमा ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर घिसिङले प्रमुख भूमिका खेलेका थिए।
उज्यालो नेपालका अभियान्ताको रुपमा रहेका घिसिङ प्रति आम नागरिकले ठूलो विश्वास देखाएका छन्। पहिलो कार्यकालम,ई देशलाई लोडसेडिङ मुक्त गरेर घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याएपछि उनीप्रति झनै बिश्वास बढेको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन्।
.jpg)


