आइतबार, कार्तिक १६ गते २०८३
images
images

सरकारको प्रतिशोध : रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईको राजीनामा

एक्सप्रेस पाना
श्रावण २७, २०७८ बुधबार
  • 323
    SHARES
  • सरकारको प्रतिशोध : रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईको राजीनामा

    काठमाडौँ । काठमाडौँ नेपाल रेल्वे कम्पनीका महापबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन्। सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टिकरण सोधेको थियो। रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारी भइरहेको अवस्थामा आफूलाई हठात् स्पष्टिकरण सोधेर सरकारले प्रतिशोध साँधेको भट्टराईले बताएका छन्।

    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको राजीनामा पत्रमा जनाइएअनुसार मन्त्तालयका नियुक्तीहरू तथा मापदण्डमा व्यवस्था नै नभएका विषयमा आरोप लगाएर स्पष्टिकरणको नाटक मञ्चन गरिएको भट्टराईद्वारा जारी राजीनामा उल्लेख गरिएको छ।

    ‘अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकारअन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध विभिन्न अवाच्छित स्वार्थहरूको गठजोडबाट बनेको गंगटे सरकारले गरेको जनविरोधी कामको जनविरोधी कामहरूको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्य र मान्यताले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुने गरी नेपाल रेल्वे कम्पनी लिमिटेडको अध्यक्षबाट राजिनमा गरेको छु,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ।

    images