काठमाडौँ । लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक एक घण्टाका लागि स्थगित भएको जानकारी दिए।
बैठक आजै दिउँसो २ बजेर ४५ मिनेटमा बस्ने र मुख्यमन्त्री पोखरलले जवाफ दिने उनले बताए। मुख्यमन्त्री पोखरेलले भने आजै पदबाट राजीनामा दिएका छन्।
आजको बैठकमा सत्तापक्ष नेकपा एमाले का सांसद् अनुपस्थित छन्। अविश्वासको प्रस्ताव पेस भएको बैठकमा सत्तापक्ष नै अनुपस्थित भएको हो।
.jpg)


