आइतबार, कार्तिक १६ गते २०८३
images
images

सभामुख सापकोटाको कडा प्रतिक्रिया : एमसीसीमा राष्ट्रिय सहमति चाहियो  

एक्सप्रेस पाना
श्रावण २७, २०७८ बुधबार
  • 341
    SHARES
  • सभामुख सापकोटाको कडा प्रतिक्रिया : एमसीसीमा राष्ट्रिय सहमति चाहियो  

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताएका छन् ।

    images

    बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् । ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय छ’ उनले भने ।

    यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाले बताए ।

    images

    उनले आफू सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका बेला एक जना स्थानीयले तामाङ भाषामा कुराकानी गर्दै एमसीसी पारित गर्न नहुने बताएको पनि पत्रकारलाई सुनाए । अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा विचाराधीन छ ।