आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी र जनयुद्धले विद्यादेवी भण्डारीलाई राष्ट्रपति बन्ने अवसर दियो : रामनारायण विडारी

एक्सप्रेस पाना
श्रावण २७, २०७८ बुधबार
  • 438
    SHARES
  • माओवादी र जनयुद्धले विद्यादेवी भण्डारीलाई राष्ट्रपति बन्ने अवसर दियो : रामनारायण विडारी

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष प्रचण्डलाई मायाजालमा पारेर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको आरोप लगाएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले प्रचण्डबिना ओलीले प्रधानमन्त्रीको यात्रा संभव नभएको बताए।

    images

    सांसद विडारीले प्रतिनिधि सभामा प्रधानमन्त्री भइसकेको मान्छेको भाषण सुनेपछि दिक्क लागेर धिक्कार भन्न मन लागेको उल्लेख गरे। विडारीले देशमा माओवादी र जनयुद्ध भन्ने सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति समेत नबन्ने दावी गरे।

    उनले केपी ओलीको चक्रव्यूहबाट संसद जोगिएको बताए। उनले नेपालको संविधानलाई मृत्यु शैयामा पु¥याउन लागेको बेला संविधानको धारा ७६ को उपधारा ५ ले संविधान बचाउँन सञ्जीवनी बुटीको काम गरेर संसद बचेको बताए। सांसद विडारीले अमेरिकी सहयोग परियोजना संसदमा ल्याउन आवश्यक नभएको बताउँदै नेपालमा ल्याउनुपर्ने कारण के भन्दै प्रश्न गरे। उनले पूर्वप्रधानमन्त्री ओलीले एमसिसी सदनमा नल्याएको भनेर अनेक लान्छना लगाएको भन्दै एमसिसी किन ल्याउनु परेको पुष्टि गर्न आग्रह गरे।

    images

    उनले नेपालको संविधान अनुसार एमसिसी परियोजना संसदमा आउनुपर्ने विषय नभएको जिकिर गरे। उनले केपी ओलीलाई राजनेता भनेर राजनेता शब्दको नै बेइज्जत गरेको समेत दावी गरे। सांसद विडारीले एमाले अध्यक्ष ओलीले नेकपा नामको पार्टी तहसनहस पारेको उल्लेख गर्र्दै संसदले तिम्रो लागि बहुमत छैन भन्दा भन्दैपनि म प्रधानमन्त्री पद छोड्दै छोड्दिन भनेर अड्डी कसेर पृथ्वीमा कतै नभएको काम गरेको बताए।