आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेको कारण प्रदेश १ को नामकरण हुन सकेन - कार्की

एक्सप्रेस पाना
श्रावण २७, २०७८ बुधबार
  • 387
    SHARES
  • एमालेको कारण प्रदेश १ को नामकरण हुन सकेन - कार्की

    काठमाडौँ । प्रदेश १ को नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सत्तासीन दल एमालेका कारण प्रदेशको नामकरणमा ढिलाइ भएको बताएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले नामकरणका लागि छलफल गरौं भनी प्रस्ताव गर्दा आफ्नो दलभित्र छलफल गर्छौं भन्ने एमालेले अरु दललाई दोष दिन नमिल्ने बताएका हुन्।

    images

    ‘हामीले नामकरणको प्रक्रिया बढाऔं भन्यौ। तर दलभित्र छलफल गर्छौं भनेर एमालेका साथीहरूले भन्नुभयो,’ उनले भने, ‘हिजो मुख्यमन्त्रीले दलहरूले समय मागेका कारण ढिलाइ भयो भन्ने प्रतिक्रिया दिनुभएछ यो झुट कुरा हो।’

    उनले नामकरणको सम्बन्धमा सभामुखले कार्यविधि बनाएर छलफलका लागि प्रस्ताव गर्न सक्ने भएकाले भोलि नै प्रस्ताव अघि बढाउन आग्रह गरे। प्रदेश सरकार सुध्रिएला भनेर लामो समय पर्खिएको तर सुध्रिने सम्भावना नरहेको भन्दै उनले सरकारको चर्को आलोचना गरे।

    images