आइतबार, भाद्र २८ गते २०८३
images

अब देशभर ४५७४ कोरोनाका सक्रिय संक्रमित

एक्सप्रेस पाना
चैत्र २, २०७८ बुधबार
  • 538
    SHARES
  • अब देशभर ४५७४ कोरोनाका सक्रिय संक्रमित

    काठमाडौं, २ चैत नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ४ हजार ५ सय ७४ जना रहेका छन् ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा २१३ जना निको भएका छन् । यससँगै नेपालमा संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ६१ हजार ५ सय ६१ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५० जनाले ज्यान गुमाइसकेका छन् ।

    images

    यस्तै, पछिल्लो २४ घण्टामा १ लखा ५  हजार ४२२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।