आइतबार, कार्तिक १६ गते २०८३
images
images

देउवा पक्ष जिल्ला सभापतिहरुको भेला समापन,के - के भयो छलफल ? 

एक्सप्रेस पाना
श्रावण २८, २०७८ बिहीबार
  • 392
    SHARES
  • देउवा पक्ष जिल्ला सभापतिहरुको भेला समापन,के - के भयो छलफल ? 

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका जिल्ला सभापतिहरुको भेला सकिएको छ। सानेपास्थित होटल समिटमा देउवा पक्षका जिल्ला सभापतिहरुको भेला सकिएको हो। भक्तपुर कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले भेलामा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरु सहभागी भएको थापाले बताए।

    images

    देउवा पक्षको जिल्ला सभापतिहरुले महाधिवेशन नजिकिएको बेला गुट उपगुटको भेला गर्न नहुने बताएका थिए। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला ठमेलस्थित होटल यात्रीमा भएको थियो। यस्ता किसिमको भेलाप्रति देउवा पक्षको जिल्ला सभापतिहरुको भेलाले आपत्ति जनाएको थियो।

    सहमति भइसकेका विषयमा भाँजो हाल्ने कामतीर  पौडेल पक्षका नेताहरु लागेकोसमेत जिल्ला सभापति थापाले आरोप लगाएका छन् । सहमति भइसकेका कुरामा भाँजो हाल्ने काम गर्नु भएन। महाधिवेशन विधान सम्मत हुन लागेको छ। यस्तो बेलामा कोही विषेश अधिवेशनको माग गरिररहेका छन्, कोही महाधिवेशनै सार्न माग गरिरहेका छन् ।  जिल्ला सभापति थापाले भने,यस्तो कसैले गर्न भएन। देउवासँग भेटेर सहमतिका साथ १४ औं महाधिवेशन समयमै गर्न सुझाव दिने भेलाको निष्कर्ष रहेको छ।

    images

    कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधनका लागि आज केन्द्रीय समिति डाकेको छ। भक्तपुर कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाका अनुसार भेला सकिएपछि जिल्ला सभापतिहरु देउवालाई भेट्न बुढानिलकण्ठ जान लागेका हुन्। केन्द्रीय समिति बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा शुरु हुदैँछ ।