चैत ११ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ३४२ जनामा गरिएको नमुना परिक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा सक्रिय संक्रमिताको संख्या एक हजार ९६० रहेको छ । यस्तै पछिललो २४ घण्टामा थप २७१ जनाले कोरोना जितेर घर पर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६३ हजार ३९८ रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिललो २४ घण्टामा कोरोनाबाट कुनै पनि ब्यक्तिको मृत्यु भएको छैन , नेपालमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९५१ रहेको छ ।


