आइतबार, भाद्र २८ गते २०८३
images

अमेरिकी सरकारको सहयोगमा काठमाडौं आइपुग्यो ७ लाख ६६ हजार डोज फाइजर खोप

एक्सप्रेस पाना
चैत्र ११, २०७८ शुक्रबार
  • 565
    SHARES
  • अमेरिकी सरकारको सहयोगमा काठमाडौं आइपुग्यो ७ लाख ६६ हजार डोज फाइजर खोप

    चैत ११ काठमाडौं । अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार काठमाडौं आइपुगेको हो ।

    images

    थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको छ ।

    अमेरिकाले नेपाललाई अहिलेसम्म ३१ लाख डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले उपलब्ध गराउँदै आएको फाइजर खोप नेपालले १२ वर्षभन्दा माथिका बालबालिकालाई दिँदै आएको छ । 

    images