आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसभित्र मन्त्रीको भागबण्डा मिल्यो, गगन थापा सिटौला क्याम्पबाट मन्त्री बन्दै  

एक्सप्रेस पाना
श्रावण २९, २०७८ शुक्रबार
  • 398
    SHARES
  • कांग्रेसभित्र मन्त्रीको भागबण्डा मिल्यो, गगन थापा सिटौला क्याम्पबाट मन्त्री बन्दै  

    काठमाडौँ ।  शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनापछि बल्ल कांग्रेसभित्र मन्त्रीको भागबण्डा मिलेको छ । देउवाले गुटका आधारमा मन्त्रीहरुको भागबण्डा गराएका हुन्। मन्त्री भागबण्डामा बरिष्ठ नेता रामचन्द्र पौडेलले जम्मा एउटा मन्त्री पाएका छन्।

    images

    वरिष्ठ नेता पौडेल पार्टीको आगामी महाधिवेशनमा देउवा विरुद्ध मुख्य प्रतिस्पर्धी समेत हुन्। देउवाले आफ्नो प्रतिस्पर्धी रहेका पार्टीका प्रभावशाली नेता पौडेललाई एउटामात्र मन्त्री दिएर मनोबल गिराउन प्रयास गरेको भन्दै पौडेल पक्ष आक्रोशित बनेको छ।

    देउवा पक्षका नेताहरुले भने पौडेलले आफ्नो भागमा परेको एक जना मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई टिपाइसकेको दावी गरेका छन्। देउवा पक्षले मन्त्री भागबण्डामा पार्टीमा असन्तुष्टि नभएको दावी गरेको छ।

    images

    पौडेलले आफ्नो गुटबाट कसलाई मन्त्रीको रुपमा सिफारिस गरे भन्ने खुलेको छैन। यस्तै देउवाले सशांक कोइरालाको भागमा पनि एक जना मन्त्री दिएका छन्।

    सशांक कोइरालाले पनि आफ्नो भागमा परेको एक जना मन्त्रीको नाम टिपाइसकेका छन्। स्रोतका अनुसार सशांक कोइरालाको गुटबाट सुजता कोइराला उपप्रधानमन्त्री सहित सरकारमा जाँदैछिन्। कृष्णप्रसाद सिटौला पक्षबाट गगन थापा मन्त्री हुन इच्छुक छन् । यद्यपि उमाकान्त चौधरीको नाम पनि चर्चामा छ।