आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसले तोक्यो  महाधिवेशन उम्मेदवार दरखास्त फारम, कति तिर्नुपर्छ शुल्क ?

एक्सप्रेस पाना
श्रावण २९, २०७८ शुक्रबार
  • 519
    SHARES
  • कांग्रेसले तोक्यो  महाधिवेशन उम्मेदवार दरखास्त फारम, कति तिर्नुपर्छ शुल्क ?

    काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका उम्मेदवारहरुका लागि दरखास्त फारमको शूल्क तोकेको छ। वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको बताइएको छ।

    images

    न्युनतम वडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्मको प्रस्ताव केन्द्रिय समितीको बैठकमा पेश भएको नेताहरुले बताएका छन्। यसैगरी, उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको छ।

    यसैगरी, प्रदेश कार्यसमितिअन्तर्गत सभापति पदका लागि उम्मेदवारी १५ हजार, जिल्ला सभापतिका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको छ।

    images

    यस्तै, प्रतिनिधिसभा क्षेत्रीय सभापति पदका लागि ७ हजार, प्रदेशसभा क्षेत्रीय सभापतिका लागि ५ हजार, महानगरपालिका, उपमहानगरपालिका कार्यसमिति सभापतिका लागि ५ हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ। यसैगरी, गाउँपालिका सभापतिको २ हजार रुपैयाँ र वडा कार्यसमिति सभापतिका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ।