आइतबार, कार्तिक १६ गते २०८३
images
images

मातृका यादवको भनाइ रेकर्डबाट हटाउन किन लिए सभामुखले यस्तो एक्सन ?

एक्सप्रेस पाना
श्रावण २९, २०७८ शुक्रबार
  • 392
    SHARES
  • मातृका यादवको भनाइ रेकर्डबाट हटाउन किन लिए सभामुखले यस्तो एक्सन ?

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सांसद मातृका यादवले बोलेका शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले बिहीबार सांसद यादवद्वारा बोलिएका शब्दलाई हटाउन रुलिङ गरेका हुन्।

    images

    पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेन्टल्ली डिसअर्डर’ भनेर आरोप लगाएका थिए।

    आज बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसदहरुले यादवको भनाइप्रति आपत्ति जनाएका थिए। एक सदस्यले अर्को सदस्यालाई होच्याउनेगरी गरी बोलेको भन्दै उक्त भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखसामु आग्रह गरेका हुन्।

    images