आइतबार, भाद्र २८ गते २०८३
images

निशुल्क स्वास्थ्य शिबिर तथा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न

एक्सप्रेस पाना
चैत्र १६, २०७८ बुधबार
  • 670
    SHARES
  • निशुल्क स्वास्थ्य शिबिर तथा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न

    चैत १६ काठमडौं । नेपाल सरकार गृह मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालद्धारा लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको  सियारी गाउँपालिका २ मैनाहिया स्वास्थ्य चौकीमा चैत्र १२ र १३ गते सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल एपिएफ अस्पतालको आयोजनामा तथा हर्नैया गाउँ कार्यपालिकाको समन्वय तथा सह–आयोजनामा संचालित २ दिने निशुल्क स्वास्थ्य शिबिर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न भएको
    छ ।

    images

    13 (2).jpg

    सो स्वास्थ्य शिविरमा नेपाल एपिएफ अस्पतालका बिशेषज्ञ चिकित्सक प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्यको कमाण्डमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्धारा ९०८ जना स्थानिय नागरिकहरुको, नाक, कान, घाँटी, हाडजोर्नी, आँखा, दाँत, छाला, मेडिसिन र गाईनेकोलोजी क्यान्सर स्क्रिनिङ्ग (प्याप टेष्ट र एच.पि.भि.डि.एन.ए. सम्बन्धी चेकजाँच), ई.सि.जि., अल्ट्रासाउण्ड तथा जनरल चेकअप गर्नुका साथै निशुल्क औषधी बितरण तथा १५० जना महिला दिदिबहिनीहरुको प्याप टेष्ट र
    एच.पि.भि.डि.एन.ए.जाँच र स्थानिय स्वास्थ्य संस्थामा कार्यरत ८७ जना स्वास्थ्यकर्मीहरुलाई भि.आई.ए.तथा भि.आई.एल.आई.सम्बन्धी तालिम प्रदान गरिएको हो । 

    images

    13 (1).jpg

    लुम्विनी प्रदेशका माननिय ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लि बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले अध्यक्षता गर्नुभएको थियो ।

    सो समारोहमा लुम्विनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री बसुद्धिन खान, नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, गृह मन्त्रालयका प्रतिनिधी बृजेश कुमार न्यौपाने, सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनीका बाहिनीपति स.प्र.ना.म.नि.कुल बहादुर नेम्वाङ्ग, सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीका गणपति स.प्र.उ. शंकर खनाल लगायत विभिन्न संघसस्थाका महानुभावहरुका साथै स्थानिय सर्बसाधारणको सहभागिता रहेको थियो ।

    13 (2).jpg