आइतबार, कार्तिक १६ गते २०८३
images
images

यादवको शब्दप्रति एमालेको आक्रोश, प्रतिनिधिसभा बैठक स्थगित

एक्सप्रेस पाना
श्रावण २९, २०७८ शुक्रबार
  • 386
    SHARES
  • यादवको शब्दप्रति एमालेको आक्रोश, प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ। शुक्रबारको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले बैठक सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

    images

    आजको बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको थियो। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।

    उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए। यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकक्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए। त्यसपछि शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेपछि बैठक सकिएको घोषणा गरियो।

    images