चैत १७ काठमाडौं । मुलुकभर पछिललो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९५१ जनामा गरिएको परिक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १०८१ जना रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ७५ जना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनको कुल संख्या नौ लाख ६५ हजार ३९४ जना रहेको छ भने पछिल्लो २४ घण्टामा कुनै पनि ब्यक्तिको मृत्यु भएको छैन् । नेपालमा हाल सम्म कोरोनाका कारण ज्यान गुमाउँनेको कुल संख्या ११ हजार ९५१ जना रहेको छ ।

