चैत २४ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार छ सय ६८ जनामा परीक्षण गर्दा जम्मा सात जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या सात सय ४७ रहेको छ । भने २५ जना संक्रमण मुक्त भएको छ ।
यस्तै बितेको २४ घण्टामा कोरोनाबाट कुनै पनि ब्यक्तिको मृत्यु नभएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


