काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।
बैठकमा कार्य विभाजनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ। केन्द्रीय समिति बैठकअघि स्थायी कमिटीको बैठक बसेको हो। बैठकमा केन्द्रीय समिति बैठकको विषयमा छलफल भइरहेको ढकालले बताए।
शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक आज पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान ११ बजे बस्ने बताइएको छ। शनिवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
आजको बैठकमा उक्त प्रतिवेदनमाथि समूहगत छलफल हुने माओवादी केन्द्रका नेताहरूले बताएका छन्। समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास गर्ने तयारी छ।
.jpg)


