आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी केन्द्रमा उपमहासचिव हटाउने, कोषाध्यक्ष थप गर्ने निर्णय

एक्सप्रेस पाना
श्रावण ३१, २०७८ आइतबार
  • 463
    SHARES
  • माओवादी केन्द्रमा उपमहासचिव हटाउने, कोषाध्यक्ष थप गर्ने निर्णय

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ। साथै कोषाध्यक्ष पद थपिने भएको छ। माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन्। प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने भएको छ।

    images

    शनिबारको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान थियो। आइतबार दिउँसो केन्द्रीय कमिटीको बैठक एक घण्टा रोकेर बसेको स्थायी कमिटी बैठकले उपमहासचिव हटाएर कोषाध्यक्ष राख्ने निर्णय गरेको गुरुङले बैठकलाई जानकारी दिए। 

    नेकपाकै पालाको विधानमा टेकेर कार्यदलले विधानको मस्यौदा बनाएको हुनाले उपमहासचिव लगायतका पद रहन गएको बताउँदै गुरुङले त्यसलाई सच्याउने बताए। बैठकमा केन्द्रीय सदस्यहरुले दिएका सुझावहरूका सन्दर्भमा दीर्घकालीन महत्वका सुझावहरूलाई पछि सम्वोधन गर्दै जाने र तत्कालै गर्न सकिने कामहरु तत्काल सुधार गरिने उनले बताए।

    images